आज: २०८३ अषाढ ७, आईतबार | Sun, 21, Jun, 2026

बाजुराको बुढीगंगामा यात्रुवाहक बस दुर्घटना हुंदा २४ जना घाइते

२०८३ अषाढ ७, आईतबार मा प्रकाशित ( ५८ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


धनगढीः ७ असार ।

बाजुरामा यात्रुवाहक बस दुर्घटना भएको छ। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिकैको स्थानमा आज बिहान पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १३५५ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी २४ जना यात्रु घाईते भएका छन् ।

दुर्घटनामा उक्त बसमा सवार २४ जना घाइते भएका हुन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीका अनुसार २४ जना घाइते भएको बताउनु भयो।

घाईते हरुमध्ये २३ जनालाई उपचारका लागि बाजुरा जिल्ला अस्पताल लगिएको छ भने एक जनाको अछाम बयलपाटा अस्पताल उपचार भैइरहेको छ। बसमा ३५ जना यात्रुहरु सवार रहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाको कारण भने बसको ब्रेक फेल भएर आफै अनेयन्त्रित हुंदा दुर्घटना भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस