
नारी बाटिका
नारी वाटिका संवाददाता
चितवन -७ असार ।
नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा अतिथिको रुपमा चितवन पुग्नु भएको छ । सभापति थापाले रास्वपाको आजबाट सुरु भएको भएको पथम अधिवेशनलाई संवोधन गर्नका लागी रास्वपाको निमन्त्रणमा कार्यक्रम स्थल चितवन पुग्नु भएको हो ।
केही बेरअघि रास्वपाको महाधिवेशन स्थल (कार्यक्रम) हलमा शुभकामना सन्देश दिनका लागी पुग्नु भएका काँग्रेस सभपति थापाको आगमनमा रास्वपा कार्यकर्ताले हुटिङ गरेका थिए । चितवनमा उद्घाटन सत्रलाई सम्बोधन गर्न उहाँ कार्यक्रम हलभित्र प्रवेश गरेलगत्तै रास्वपाका कार्यकर्ताहरूले चर्को स्वोरमा हुटिङ गरेका हुन् ।
उहाँलाई रास्वपाका प्रवक्ता मनिष झा, हरि ढकाल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहितका नेताले स्वागत गरेका थिए । सामाजिक सञ्जालमा शुभकामना दिएर थापा सम्बोधन गर्न चितवनस्थित कार्यक्रम स्थलमै उपस्थित हुनु भएको हो ।








प्रतिक्रिया दिनुहोस