आज: २०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

कतारको मुख्य ग्यास प्लान्ट केन्द्रमा ठुलो विस्फोट,१८ जना बेपत्ता,५४ घाइते

२०८३ अषाढ ८, सोमबार मा प्रकाशित ( २४ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


एजेन्सी ।
कतारको रास लफान औद्योगिक क्षेत्रको बार्जान ग्यास आपूर्ति केन्द्रमा विस्फोट हुंदा १८ जना बेपत्ता भएका छन् भने ५४ जना घाइते भएका छन्। जहाँ नेपाली, भारतीय र बंगलादेशी श्रमिकहरुले काम गर्दै आइरहेका रास लफान क्षेत्रमा विस्फोट भएको हो ।

घटनामा बेपत्ता भएका १८ जनाको भने ५४ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ।

बेपत्ता भएकाहरुको खोजीका लागी आन्तरिक सुरक्षा बल (लेखिया)को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको कतारस्थित आन्तरिक मन्त्रालयले जनाएको छ। यद्यपि कतार सरकारले बेपत्ता र घाइते भएका श्रमिकहरु को थिए ? कुन देशका नागरिक हुन् सो को पहिचान सार्वजनिक गरिसकेको छैन।

रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो। यस क्षेत्रमा विशेषगरी नेपाली श्रमिकहरू स्काफफोल्डिङको काम गर्दै आएको बताएको छ । साथै प्राकृतिक ग्यास) प्रशोधन केन्द्रमा नेपाली मेनपावरहरुले पनि सयौं सप्लाई कम्पनीमार्फत श्रमिक आपूर्ति गर्ने गरिएको बुुझिएको छ।

यहाँ युद्धका क्रममा इरानको क्षेप्यास्त्र आक्रमणबाट क्षतिग्रस्त भएको प्राकृतिक ग्यास निकासी टर्मिनललाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको अवस्थामा उक्त दुर्घटना भएको जनाइएको छ ।

यतिबेला इरान र अमेरिकाबिच स्थायी रूपमा युद्ध अन्त्य गर्नका लागि वार्ता भइरहेको छ । यसैबिचबीच इरानले उक्त जलमार्गमा आफ्नो पकड केही खुकुलो बनाएको थियो भने कतारले आफ्नो निर्यात टर्मिनल पुनः सुरु गर्ने काम अघि बढाएको थियो।

यसै क्रममा गएराति बारजान  (Barzan) ग्यास आपूर्ति केन्द्रमा प्राविधिक काम भइरहेको अवस्थामा अचानक विष्फोट भएको सरकारी स्वामित्वको कम्पनी  (QatarEnergy)  ले जनाएको छ।

प्लानेट ल्याब्स पिबिसि  (Planet Labs PBC)  ले सार्वजनिक गरेका भूउपग्रहिय (स्याटेलाइट) चित्रहरूमा रास लफान औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको देखाएको छ।

यो कतारको मुख्य ग्यास प्लान्ट केन्द्र हो जसलाई विश्वकै प्रमुख प्राकृतिक ग्यास उत्पादक मध्येको एक हो । यस केन्द्य्रमा भएको विष्फोटले विश्वव्यापी ऊर्जा बजारमा थप हलचल र अनिश्चितता पैदा गर्न सक्ने अनुमान गरिएको छ।

कतारले यस ग्यास आपूर्ति केन्द्रलाई आन्तरिक विद्युत उत्पादन तथा सुख्खा मरुभूमिमा खानेपानी आपूर्तिका लागि गरिने वाटर डिसालिनेशन (समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्ट) को रुपमा प्रयोग गर्दै आएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस