आज: २०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

नयाँ शैक्षिक सत्र चैत मसान्तलाई कायम गरी १५ दिन बिदा कटौती भयो

२०८३ अषाढ १०, बुधबार मा प्रकाशित ( १0 मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -१० असार ।
बालेन सरकारले नयाँ ‘शैक्षिक सत्र’लाई चैत मसान्त कायम गरेको छ। गत वैशाख २१ गतेदेखि सुरु भएको विद्यालको नयाँ कक्षा अब उप्रान्त चैत मसान्तसम्म नयाँ शैक्षिक सत्र कायम गरिएको हो।

वर्तमान सरकारले यसअघिको अभिव्यक्तीमा वैशाख १५ देखि नयाँ भर्ना थाल्ने र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने भन्ने निर्णय भएसंगै शैक्षिक सत्रबारे अन्योलता उत्पन्न भएको थियो।

तर हालको सरकारले शनिबार र आइतवार दुई दिने बिदा दिएका कारण विद्यालयदेखी समग्र शैक्षिक क्यालेण्डरमा निकै असर परेको छ भने अर्को तर्फ साना तथा मझ्यौला व्यवशायीहरु,मजदुर,श्रमिकहरु तथा दैनिक रुपमा ज्यालादारी गरी जिविको पार्जन गर्दै आएको नागरिकहरुलाई मजदरी गरी आफ्ना बालबच्च पानर््लाई नै निकै चुनौति थपिएको छ ।

सरकारले निर्दिष्ट गरेको विस्तृत पाठ्यक्रम हप्तामा दिईने दुइदिने सार्वजनिक विदाका निर्धारित समयमा पूरा नहुने र विद्यार्थीको सिकाइ उपलब्धिमा ह्रास आउने भएकाले वैशाख २१ गतेसम्म नै शैक्षिक सत्र लम्बिने कि भन्ने आम अभिभावकहरुमा निकै चासो र चिन्ताको विषय बनेको छ।

यससंगै वैशाखसम्म शैक्षिक सत्र संन्चालन भएमा अभिभावकहरूलाई १३ महिनाको पठनपाठन शुल्क पनि तिर्नु पर्ने वाध्यता पनि रहन्छ । तर चैत मसान्तसम्म मात्रै शैक्षिक सत्र कायम गरिएपछि अभिभावकहरूलाई एक महिना शुल्क तिर्नु नपर्ने भएकाले पनि यो व्यवस्थालाई सहज भएको मानिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुलीले चैत मसान्तसम्म यो नयाँ शैक्षिक सत्र कायम रहने र वैशाख २१ गतेबाट यसपाली पठनपाठन सुरु भए पनि चैत मसान्तसम्म मात्रै शैक्षिक सत्र कायम गरिएको जानकारी दिए ।

त्यसो त सरकारले यो शैक्षिक क्यालेन्डर अनुसार समयभित्र कोर्स नसकिने भएकोले हिउँदे र वर्षामा दिइनेमध्यको १५ दिन बिदा कटौती गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक योजना अनुसार हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरी चैतभित्र कोर्स सकिने भनेको छ। यस अनुसार अब बिदा यस शैक्षिक सत्रका लागि ३० दिनको मात्रै हुनेछ’‚

सोही अनुसार व्यवस्थापन गर्न पहिलो र दोस्रो त्रैमासमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा कक्षालाई असर नपर्ने गरी व्यवस्थापन गर्ने तथा अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमको १२ दिनलाई छुट्याइने गरी योजना बनाईएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस