
बिबियु,नारी वाटिका डट्कम
धादिङ १७ असार ।
निलकण्ठ नगरपालिकादरा उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
उपभोक्ता मञ्च नेपाल संगको सहकार्यमा बुधबार नगरपालिकाले बजारमा बिक्री वितरणमा राखिएका फलफुल,तरकारी,मासुजन्य वस्तु,दुध दही,खाद्यान्न सामानहरु,नुन तथा तेल जन्य पदार्थहरुका लगायतका वस्तुहरुमा भएका मिसावट,विषादी आदीको बारेमा सचेतना जगाइएको हो ।
निलकण्ठ नगर प्रमुख मेयर भिमप्रशाद ढुंगानाको प्रमुख आतिथ्य तथा नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता मञ्च नेपालका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले पछिल्लो समयमा बजारमा पाईने फलफुल तथा तरकारीहरुमा अत्याधिक विषादी भेटिने गरेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पान्डे, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त कँडेल,नेपाल साल्तट्रेडिङका प्रतिनिधी,जिल्ला प्रहरी कार्यलयका प्रतिनिधी पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,पत्रकारहरु तथा नागरिकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले बजारमा पाईने अधिकांश तरकारी तथा फलफुलमा अत्याधिक विषादी रहेको भन्दै यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर अशर पुुर्याउने भएकोले चिन्ता व्यक्त गरेका थिए ।
वक्ताहरूले उपभोक्ता हकहित अधिकार संरक्षण, बढ्दो महंगी एवं कालाबजारी नियन्त्रण तथा नेपाल सरकारले अबिलम्ब उपभोक्ताको स्वास्थ्मा गम्भीर असर पार्ने भएकोले अनुगमन,निरीक्षणको कार्यलाई कडाई गरी विषादीले भरिएको फलफुल,तरकारी खाद्यान्न सामाग्री तथा म्याद नाघेका सामानहरु विक्री वितरण गरेको पाइएमा कडा रुपमा कारवाही गर्नु पर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी मेयर ढुंगानाले सरकारका जिम्मेवार समेत्रहरु मानीको मुल जस्तै सङलिंएर काम गर्नु पर्ने साथै जिल्ला प्रशासन कार्यलय,सम्वन्धित निकाय र स्थानीय सरकारकाबिचमा समन्यय गरी मानव स्वास्थ्यमा खेलवाड गरी विषादीयुक्त तथा वासी,सडे गलेका खानेकुरा विक्री गर्नेहरु,मासुजन्य सामानको सरसफाईमा वेवास्ता गर्ने तथा म्याद नाघेका सामानहरु विक्री भईरहेको पाइएमा स्थानीय तथा सरकारका सम्वन्धित निकायमा गुनासो राख्न अनुरोध गर्नु भएको छ ।
साथै मेयर ढुंगानाले हरेक महिनामा अनिवार्य रुपमा अनुगमन,निरिक्षणको कार्य गरी नागरिकका स्वास्थ्यमा खेलवाड गर्नेहरुमाथी नियम बमोजिम कारवाही गर्न स्थानीय सरकार कटीवद्ध रहेको स्पष्ट पार्नु भयो ।












प्रतिक्रिया दिनुहोस