
दैलेख -१८ असार ।
दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ कर्णाली राजमार्गमा सवारी दुर्घटना हुँदा यात्रुहरु बेपत्ता भएका छन् ।
आज विहान अ.११ ः ३० बजे सुर्खेतबाट कालिकोट तर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा उक्त गाडीमा सवार यात्रुहरु वेपत्ताहरुको अवस्था अज्ञात रहेको छ भने हाल उनीहरुको खोजी कार्य जारी छ ।
दुर्घटना भएको गाडी करिव ६।७ सय मिटर तल कर्णाली नदीमा खसेको हो । दुर्घटना भएको गाडीमा सवार यात्रुहरुको खोजतलासका क्रममा दुर्घटनास्थलबाट अन्दाजी ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको छ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएर उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उक्त शव नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सयुक्त टोलीले उद्धार गरी सडक तर्फ ल्याउने कार्य भई रहेको छ । गाडीमा सवार रहेका यात्रुहरुको संख्या हाल सम्म एकिन हुन सकेको छैन ।
थप विवरण आउन बाँकी ।












प्रतिक्रिया दिनुहोस