
समचार एजेन्सी
इरान – अमेरिकाको बीचमा पुनः यृुद्ध चर्किएको छ ।
ति दुइ देशका बिच भएको सैन्य द्वन्द्वले खाडी मुलुकहरूलाई प्रत्यक्ष असर पार्ने भएको छ ।
यी देशहरुको युद्ध अन्त्यका लागी पाकिस्तान लगायतले मध्यस्थता गरीरहेको भएपनि मंगलबार अमेरिकन सैन्य कारवाही गरेपछी पुन: युद्ध चर्किएको हो । उक्त युद्धको कारण सुरक्षा, अर्थतन्त्र र आन्तरिक स्थिरताको ठूलो जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।
टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान – अमेरिका बीच भएको अन्तरिम सम्झौता अब सकिएको भन्ने घोषणा गरेपछी मध्यपूर्वमा तनाव चर्किएको हो।
अमेरिकाले इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछी त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको छ। यसैगरी द्वन्द्व थप चर्किएमा खाडी क्षेत्रका सबै देश प्रभावित हुने अनुमान गरिएको छ।
सानौ देशको रुपमा रहेको बहराइनमा अमेरिकाको प्रमुख नौसैनिक अखडा राखिएको र इरानको पछिल्लो आक्रमणले यी देशहरुमा प्रत्यक्ष असर पार्ने अवस्था रहेको बहराइनमा अमेरिकी सैन्यहरू आवासीय तथा व्यापारिक क्षेत्रको नजिक रहेको र सीमित सैन्य कारबाहीले पनि नागरिक जीवनमा ठूलो असर पार्ने बताइएको छ।
युद्धविरोधी अभिव्यक्ति तथा इरानप्रति जासुसी गरेको भन्ने आरोपमा बहराइन सरकारले सयौँ व्यक्तिलाई पक्राउ गरिसकेको छ।
मध्य पूर्वका देशहरुमध्य सबैभन्दा धेरै अमेरिकी सैन्य रहेको कुवेतमा दुईवटा अमेरिकी एयर बेस तथा करिब १३ हजार ५०० सैनिक कार्यरत रहेको बताइएको छ ।
यसरी पटक पटक अमेरिकी सैन्य अखडाहरूमा इरानी आक्रमण हन थालेपछि कुवेतको सुरक्षा रणनीति र कूटनीतिक दृष्टिकोणमा परिवर्तन आउन सक्ने आंकलन गरिएको छ।
होर्मुज जलमार्गमा जोखिम बढेपछि उसले केही तेल निर्यातलाई वैकल्पिक पाइपलाइन मार्फत पठाउन थालेको छ भने साउदी अरबको प्राथमिकता द्वन्द्व विस्तार हुन नदिनु र तेल पूर्वाधारको सुरक्षा गर्न मुख्य आशय रहेको बुझिन्छ।












प्रतिक्रिया दिनुहोस