
बझाङ -२८ असार ।
बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । केदारस्युा गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका तर्फ जाँदै गरेको से.च००१२६४४ नम्बरको जिप सुँगरे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी जीपका चालक सहित १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। सडकबाट करिब ३०० मिटर तल जीप खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा दुर्गाथली–६ का ६० वर्षीय चक्र महत, सोही ठाउँकी ६५ वर्षीया केलादेवी महत र केदारस्युँ–७ की ३५ वर्षीया विमला धामीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा जिप चालकसहित १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले हेलिकप्टर मगाउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको हो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस