
नारी वाटिका डट्कम
पोखरा -२९ असार ।
हालको लगातार वर्षा हुन थालेपछी विपद्का घटनाहरु बड्न थालेका छन् ।
त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको आकस्मिक मोदी खोलाको बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा एक परिवारका घर र होटल बगाएको छ । साथै सोही स्थानका अन्य होटल तथा घरहरुमा पनि क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
अविरल वर्षाको कारण आएको बाढीले मोदी खोला किनार कटानले नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको बताइएको छ। यससंगै किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल पनि बगाएको छ । जसका कारण अन्नपूर्ण पदमार्ग हुँदै आवतजावत गर्ने स्थानीय–विदेशी पर्यटक प्रभावित बनेका हुन्।
स्थानीयवासीका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला केही समय थुनिएको र केही बेरमा एक्कासी खुल्दा ठूलो बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।
उक्त घटनापछि स्थानीय प्रशासन र गाउँपालिकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भएको थियो। प्रशासनले मोदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस