
नारी वाटिका डट्कम
काठमाडौं- ३२ असार ।
पूर्व अर्थमन्त्री एव्ं नेकपा एमालेका नेता विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिलको कार्यालयले बिहीबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।
विशेष अदालतले पौडेललाई व्यवसायी दीपक भट्टसँग मिली भगत गरी पद र प्रभावको दुरुपयोग गर्दै सहजीकरणको बदलामा आर्थिक लाभ लिने गलत नियतले श्रीराम टोबाको उद्योग प्रालि को उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा.लि.लाई दिलाएको भन्ने कसुरमा अभियोग दायर भएको छ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेललाई यही ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएर विभागले अनुसन्धान सुरु गरेको थियो ।












प्रतिक्रिया दिनुहोस