
बिबियु,नारी वाटिका डट्कम
धादिङ १० साउन ।
त्रिवि व्यवस्थापन सङ्काय तर्फको सञ्चालित ‘मास्टर्स अफ बिजनेस स्टडिज’(एमबिएस) परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवी)द्वारा संन्चालित ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको स्नातकोत्तर तहको परीक्षा सुरु हुने बित्तिकै उक्त प्रश्नपत्र सामाजिक संन्जालमा सार्वजनिक भएको हो ।
उक्त घटनामा संलग्न रहेको आशंकामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का टोलिले केही यक्तिहरुलाई आज बिहान नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
परिक्षा सुरु भएको केही मिनेट मै प्रश्नपत्र सामाजिक संन्चालनमा भाइरल भएपछि त्रिविको व्यवस्थापन सङ्काय डिन कार्यालयले घटना बारे आवश्यक अनुसन्धानका लागी साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
यसका साथै परीक्षा नियन्त्रण महाशाखाले घटना बारे छानबिन गर्न प्रा.डा.अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा रहेको ३ सदसीय समिति बनाइएको छ ।
सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिलाई घटनाको विस्तृत छानबिन गर्न जिम्मेवारी दिइएको परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस