
बिबियु,नारी वाटिका डट्कम
धादिङ २२ साउन ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यसै साउन २ र ३ मा सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले बिहिबार राति सार्वजनिक गरेको हो।
यस मौका परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थीले परिक्षा दिएकोमा ५७ हजार ८९७ जना उतिर्ण भएका हुन् । यसरी उतिर्ण हुनेको दर ८१.१९ प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । साथै, ३ जना परीक्षार्थीको परीक्षाफल रद्द भएको बोर्डले जनाएको छ ।
सार्वजनिक भएको नतिजा अनुसार चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर बुझाएर एक साताभित्र अनलाइन मार्फत आवेदन दिन सकिने परिक्षा बोर्डले जनाएको छ ।
यसका साथै परीक्षा दिएकामध्य प्रति विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपछी तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन पाइने बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै बोर्डले नतिजामा कुनै प्राविधिक त्रुटि भएमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने भनेको छ ।












प्रतिक्रिया दिनुहोस