आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

गजुरी गाउँपालिका ५ पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी

२०८३ श्रावण २५, सोमबार मा प्रकाशित ( २ महिना अघि) २९७७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ २५ साउन ।

धादिङको गजुरी गाउँपालिका ५ पृथ्वी राजमार्ग अन्तर्रगत घाटबेसीमा गुडिरहेको बसमा आगलागी भएको छ।

आज बिहान अन्दाजी ६ः१० बजेको समयमा लुम्बिनीबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ४०८९ नम्बरको गुडिरहेको बसमा डाइनामोको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो।

उक्त घटनापछी तत्कालै प्रहरी र बसमा सवार यात्रुको सहयोगमा करिब मिनेटमै आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएको थियो । साथै आगलागीबाट बसको भित्री इन्जिनमा सामान्य क्षति पुगेको थियो भने अन्य कुनै मानवीय क्षति नभएको सुचना अधिकारी दाहालले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑