बिबियु,नारी वाटिका डटकम
धादिङ -२९ साउन ।
नेपाल पत्रकार महासंघ धादिङले जनआस्था पत्रिकाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापन पत्र बुझाएको छ ।
महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय धादिङमार्फत सरकारका गृहमन्त्रीसमक्ष पेश गरिएको हो । सरकारले पत्रकार श्रेष्ठलाई पक्राउ गरी हाल प्रहरी हिराशतमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सम्वन्धमा निष्पक्ष ढंगबाट छानबिन गर्न मागसमेत गरिएको हो ।
विज्ञप्तिमा कुनै सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने तथा सम्बन्धित सञ्चार माध्यम मार्फत खण्डन वा स्पष्टीकरण गर्न पाउने कानुनी व्यवस्था रहँदा रहँदै समाचार प्रकाशित भएको विषयलाई लिएर पत्रकारलाई गैह्र कानुनी रुपमा गिरफ्तारी गर्नुले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउने कार्य भएकोप्रति महासंघले कडा आपत्ति जनाएको छ ।
यसैगरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी राज्यको मूल्यमान्यताको सम्मान गर्न सरकारसँग आग्रह गर्दै गिरफ्तार भएका वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न जोडदार माग गरेको हो ।












प्रतिक्रिया दिनुहोस