
बिबियु, नारी वाटिका डटकम
धादिङ -३१ साउन ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पहिरो खसे सातर घण्टादेखि सडक दुबै तर्फ अवरुद्ध भएको छ।
सडकको माथिबाट रूखसहित ढुंगा,माटोको ठूलो सुख्खा पहिरो खसेर उक्त स्थानस्थित सडक दुवैतर्फी अवरुद्ध भएको मुग्लिन स्थित प्रहरीले जनाएको हो।
गए राति करिब १०ः२५ बजेतिर खसेको पहिरोले नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको छ। पहिरो पन्छाएर यातायात सञ्चालनमा आउन अझै कम्तीमा ६÷७ घण्टाको समय लाग्ने अनुमान गरिएको छ।
पहिरोले लामो समयसम्म सडक खुल्न नसक्ने भएपछी सम्वन्धित निकायले अर्को सूचना जारी नभएसम्मका लागी नारायणगढबाट काठमाडौँ तर्फ तथा काठमाडौँबाट नारायणगढ तर्फ आउने सबै सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ।
पहिरो पन्छाएर सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा अनावश्यक यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। पहिरोको कारण लामो समयसम्म सवारी साधन रोकिँदा टाढा टाढा पुग्ने यात्रुहरुलाई निर्क सास्ती भएको छ ।












प्रतिक्रिया दिनुहोस