आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

जुराखेतमा स्कार्पियो दुर्घटना,न्यायाधीश डाँगीसहित ६ जना घाइते

२०८३ भाद्र २, मंगलबार मा प्रकाशित ( ३ हफ्ता अघि) २१४० पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
मकानपुर -२ भदौ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवारी दुर्घटनामा पर्नु भएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३.००२ झ ५१८३ नम्बरको स्कार्पियो गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनामा भएको हो ।

मकानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुराखेतमा दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गाडीमा न्यायाधीश डाँगी र उनका परिवारका सदस्य सवार रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस