आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

विद्यालयबाट घर फर्कनेक्रममा खोलाले बगाएका चार बालिकामध्य एकको मृत्यु,एक सकुशल,दुइजना बेपत्ता

२०८३ भाद्र ३, बुधबार मा प्रकाशित ( ३ हफ्ता अघि) १९५४ पटक पढिएको
नारी बाटिका


वागमति ३ भदौ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरस्थित निर्मल माविमा अध्ययनरत चारजना बालिकालाई विद्यालयबाट फर्कनेक्रममा खोलाले बगाउँदा एकजना मृत भेटिएका छन् भने दुई जना बालिका अझै बेपत्ता छन्।

संगै विद्यालयबाट घर फर्किएका चार जनामध्य हेटौँडा १९ स्थित वासुदेव खोलाले बगाउँदा बालिकाहरु बेपत्ता भएको जानकारी पाएपछि विद्यालयले प्रहरीलाई खबर गरेका थियो। खोलाले बागाएकामध्य एक जना भने सकुसल भेटिएकी छिन् ।

बगाएकामध्य हेटौँडा १९ स्थित बस्तीपुरकी अन्दाजी आठ वर्षीया बालिका रोशनीको शव घटनास्थलबाट करिब ६०० मिटर पर रुखमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो।

यस्तै सोही स्थानकी १३ वर्षीया बालिका सीमा भोलन भने सकुशल भेटिएकी हुन् । ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया विनिता भोलन अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बेपत्ता दुइ बालिकाको बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस