
नारी वाटिका डटकम
बारा -४ भदौ ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछी हत्या भएको छ । बुधबार भएको उक्त घटनाको विरोधमा स्थानीयवासीले बिहानदेखि सडक अबरुद्ध पारी प्रदर्शन गरिरहेका छन्।
पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारिरहेका छन् । बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको स्थानीयको प्रदर्शन आजपनि जारी छ।
वीरगन्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रुहरु प्रदर्शनका कारण अलपत्र परेका छन्। घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
बारा प्रहरीका अनुसार साउन ३१ गते बालिका बेपत्ता भएकी थिइन् । प्रारम्भिक जानकारी अनुसार बालिकाको सोही दिन हत्या भएको बताइएको छ। उक्त प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस