आज: २०८३ भाद्र ९, मंगलबार | Tue, 25, Aug, 2026

अबोध बालिकाको जिब्रो र आँखा झिकेर भएको बलात्कार,हत्या- जघन्य घटनालाई प्रहरी कर्मचारी नै हल्का रुपमा लिन्छ ???

२०८३ भाद्र ९, मंगलबार मा प्रकाशित ( २८ मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


तस्वीर स्रोत: सामाजिक संन्जाल. तस्ताको तस्तै साभार

बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ भदौ ।
बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको विभत्स हत्या घटनाका आरोपित १६ वर्षे किशोरको बयान लिने क्रममा प्रहरीबाटै भिडिओ सामाजिक संन्जालमा छ््याप्छ्याप्ती भएपछी अनुसन्धानमा प्रहरीले कतिसम्म लापर्वाही गर्दो रहेछ भन्ने नागरिकमा अविस्वास पैदा गरेको छ ।

भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ परेता पनि नेपाल प्रहरीमा यस्तो सोच्नै नसकिने एक ३ वर्षीय अबोध बालिका त्यसमाथी पनि बलात्कार गरी बालिकाको जिब्रो काटेर,आँखा झिकेर गरिएका यस्ता घटनाका आरोपित चाहे बालकै भएपनि अनुसन्धान पछी घटनाको पुष्टी भएको खण्डमा उ अपराधी नै हो ।

यस्ता विषयमा बयान लिंदा आरोपित बडो हसिलो भएर (हाँसेर)आफुले गरेका कर्तुतहरु बताईरहेछ । अनि बयान बयान लिने प्रहरी पनि बडो चाख लगाएर कर्तुत सुनिरहेछ ????? अनि तिनै सरकारका सुरक्षा निकायका प्रतिनिधी,अनुसन्धानकर्मी भिडिढो तथार सामाजिक संन्जालमा राखेर भाईरल बनाउँछ ???

सम्वन्धित निकायले निज प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए।

घटनामा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बालबालिकालाई राख्ने अस्पतालको कोठामै राखेर उनकै सुरक्षामा खटिएका नेपाल प्रहरीका कर्मचारी लगायतका अन्य व्यक्तिले आरोपित किशोरको भिडिओ खिचेको पाइएको प्रहरीले जनाएको छ।

उक्त भिडिओमा घटनाबारे विस्तृत जानकारी दिएको देखिन्छ। भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा फैलिएको हो। घटनाबारे छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताएका छन्।

घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालसहितको टोली बारा पुगेको छ। ति सानी अबोध बालिकाको बलात्कार र हत्या घटनामा प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ ।

शोमबार सार्वजनिक भएको उक्त भिडिओमा नाम उल्लेख भएका अर्का नाबालकलाई समेत नियन्त्रणमा लिइएको एसपी कुँवरले बताउनु भयो। साथै सोही घटनामा अन्य सात जना व्यक्तिहरु पनि जोडिएको र उनीहरूको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस