
बिबियु,नारी वाटिका डट्कम
धादिङ -११ भदौ ।
,चिनवाट भोटेकोशी हुदै त्रिशुलीमा आएको बाढीको वितण्डाले ७ जिल्लाको ठूलो धनजनमा क्षति पुगेको छ । नुवाकोटको तिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, बेत्रावती बजार र कैदलेतारलगायत सम्पूर्ण तटीय क्षेत्रका बस्तीहरू पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।
रसुवा-भोटेकोशी बाढीको पछिल्लो अनुसार
१. मानवीय क्षुति
हालसम्म ९५ शुव फेला, सनाखत हुन बाँकी ।
२. सम्पर्कविहीन विवरण ;
ड्ड ७९ सुरक्षाकर्मी सम्पर्कविहीन ( जसमा नेपाल प्रहरी २६, सशस्त्र प्रहरी ९ र नेपाली सेना ४४ जना ।
ड्ड पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार ३८४ पर्यटक,यात्रु सम्पर्कमा आउन बाँकी २९१ विदेशी र ९३ नेपाली छन् । तर उनीहरुको बाढीमा बेपत्ता भएको भन्ने पुष्टि चैं होइन, प्रमाणीकरण जारी रहेको ।
ड्ड लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन ।
ड्ड नेपाल विद्युत प्राधिकरणका ३५ जना कर्मचारी सम्पर्कविहीन ।
३. भौतिक तथा पूर्वाधार क्षति
ड्ड ११ वटा हाईड्रोपावरमा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रणाली बाहिर ।
ड्ड १९ पुल र ४० किमि सडक क्षतिग्रस्त, यातायात ठप्प ।
ड्ड रसुवादेखि मलेखुसम्म २० वटाभन्दा बढी झोलुङ्गे र मोटरेबल पुल बगेको, जसमा धादिङबेसी जोड्ने फुर्के खोलाको पक्की पुल समेत ।
ड्ड आधा दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालय बगेको ।
ड्ड २५ भन्दा बढी दूरसञ्चार साइट प्रभावित , टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोट क्षेत्रमा NTC र Ncellका टावर,साइट तथा अप्टिकल फाइबर, चीनसँग जोडिने NTC को फाइबर लाइन समेत क्षतिग्रस्त ।
ड्ड रसुवा, धादिङ र नुवाकोटका ६ स्थानका बाढी पूर्वसूचना प्रणालीमा क्षति ।
ड्ड नुवाकोट विदुर न.पा.६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन र नेपाल प्रहरी सुरक्षा एकाइको भवनमा क्षति,बाहिरी पर्खाल र गाडीमा क्षति – तर सबै ८०० कैदीबन्दी सुरक्षित ।
४. वर्तमान जोखिम चेतावनी.
ड्ड लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको – चीनबाट प्राप्त सूचनालाई उद्धृत गर्दै गोरखापत्रले जनाएको। भोटेकोशी-त्रिशूली क्षेत्रमा थप बाढीको जोखिम बाँकी ।
रसुवादेखि मलखुसम्मका २० वटाभन्दा बढी झोलुङ्गे र Moterable bridge बाढीले बगाएको छ, यसमा धादिङबेसी जोड्ने पुलदेखि अरू महत्त्वपूर्ण पुलहरू पनि परेका छन् ।
प्राकृतिक विपत्तिको दुखद घडीमा सुरक्षित रहौ, खोजी,उध्दार र राहतमा साथ सहयोग गरौ ,












प्रतिक्रिया दिनुहोस