आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

रसुवा बाढीले ३५९ जनाको मृत्यु, अझै ठुलो संख्यामा सम्पर्क विहीन

२०८३ भाद्र ११, बिहिबार मा प्रकाशित ( १ महिना अघि) २९७७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -११ भदौ ।

रसुवामा बुधबार आएको भिषण बाढीले ३५९ जनाको मृत्यु भएको छ दिउँछ भने अझै ठुलो संख्यामा मानिसहरु बेपत्त्ता भएका छन् । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले मृत्यु हुनेको संख्या ३५९ पुगेको हो ।

यस घटनाले रसुवा, नुवाकोट, धादिङ लगायतका नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका समुदायमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बिहिबार साँझसम्म खोजतलासको क्रममा उक्त शवहरु फेला परेका हुन् ।

विभिन्न स्थानबाट बाढीमा मृत्यु भएका व्यक्तिको शव फेला पर्ने क्रम जारी छ । यस अर्थमा मृतकको संख्या अझै बड्न सक्ने , खोजतलासमा संलग्न सुरक्षा प्रतिनिधिहरुले बताएका छन् । भेटिएका हरुमध्य पनि कतिपयको सनाखत हुन सकेको छैन ।

घटनामा ठूलो संख्यामा मानिसहरु सम्पर्कविहीन रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा तथा उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । बाढीपछी प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क विच्छेद भएकाले पनि घटनामा कति र कहाँको नागरिकहरु परे भन्ने यकिन गर्न कठिन भइरहेको छ ।

विशेषगरी बाढीले रसुवाको टिमुरे, रसुवागढी,स्याफ्रुबेँसी, मैलुङ क्षेत्रमा ठूलो धनजनमा क्षति पुर्‍याएको छ । घटनाले गाउँ बस्तीहरु,सडक पुल,सरकारी तथा वित्तिय संघ स्स्थाहरुका कार्यालय, व्यापारिक संरचना तथा जलविद्युत् आयोजनामा निकै ठुलो क्षति पुगेको छ ।

उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उनले जानकारी दिइन्। उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑