आज: २०८३ भाद्र १२, शुक्रबार | Fri, 28, Aug, 2026

सेनाद्वारा अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनाको उद्धार

२०८३ भाद्र १२, शुक्रबार मा प्रकाशित ( ४८ मिनेट अघि) ५९० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ १२ भदौ ।

भोटेकोशीमा आएको विनासकारी बाढीले अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुरलाई स्थानीयको सहयोगमा नेपाली सेनाले उद्धार गरेको छ ।

प्रतिकूल मौसम तथा बाढीको तीव्र बहावले जोखिम र चुनौतीपूर्ण अवस्थालाई सामना गर्दै सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले उद्धार गरेका हो । सेनाले अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मजदुरलाई सुरक्षित बाहिर निकाल्न जुटेको छ ।

सुरुङभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि ‘नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूलीं’ बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा सैन्य टोलीहरु खटिएका छन् ।

यस्तै रसुवाका अन्य विकट क्षेत्रका नागरिकको उद्धारलाई निरन्तरता दिएको सेनाले जनाएको छ । सिक्युआरटी धुन्चे ब्यारेक (रसुवा) बाट सहसेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकुबेँसीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सार्न सफल भएको छ ।

नेपाली सेनाले घटनामा परेकाहरुको बिहीबार रातिसअबेरसम्म रसुवालगायतका विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरको उद्धार गरीएकोले उनीहरु ठूलो मानवीय क्षति हुनबाट बाहिर निकालिएको हा् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस