आज: २०८३ भाद्र १२, शुक्रबार | Fri, 28, Aug, 2026

आज जनै पुर्णिमा ,घरघरमा क्वाँटी खाएर मनाईँदै

२०८३ भाद्र १२, शुक्रबार मा प्रकाशित ( ४ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ १२ भदौ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर, तथा क्वाँटी खाएर मनाइँदै छ ।

आज जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, तलाउ, पोखरीमा गई स्नान गरी शुद्ध भई गुरु पुरोहितका हातबाट रक्षासूत्र बाँधेर । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो )रक्षासूत्र) धारण गरी नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

धार्मिक रुपमा मात्रै नभइ मानव रक्षाका लागि जप, तप र ध्यानले मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले आफ्ना यजमानको घर घरमा पुगेर दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

आज कै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले अनिवार्य रुपमा आफ्नो जनै फेर्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ । तागाधारीले पूर्णिमाका दिन बिहानै स्नान गरेर शुद्ध भई जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेकबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गन्छि ।

परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षाबन्धन बाँध्न र नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

तर नेपालको तराई भेगमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईने प्रचलन छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रगाड बढ्छ भन्ने मान्यता छ ।

त्यसैगरी आज जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रहेको छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा लाग्ने चिसो तथा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर किसानीहरुले खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेदक मान्यता छ ।

क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले हामीले अघिपछीको समयमा पनि यसरी नै टुसा उमारेर कवाँटी बनाएर खान सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस