
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ भदौ ।
चिनबाट भोटेकोशी नदी हुंदै आएको बिनासकारी बाढीले बगाएर हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिवरण सार्वजनिक गरेको छ ।
प्राधिकरणद्वारा केही बेरअघि सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरण अपडेट विबरण अनुसार फेला परेका शवहरुमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६,नवलपरासी (पूर्व)मा १३४, (पश्चिम) नवलपरासीमा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेको जानकारी दिएको छ ।
साथै गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका कर्मचारी १५ तथा अध्यागमन कार्यालयका चार जना छन् । साथै रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्क विहीन भएको बताइएको छ ।
सक्पर्क बिहिन हुनेहरुमा मकवानपुरबाट ६६ जना तथा ५१७ जना विदेशी नागरिक रहेको विवरण प्राप्त भएको छ । उनीहरु नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपालीहरु पनि सम्पर्क विहीन रहेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिरकणका प्रवक्ता शान्ति महतका अनुसार हालसम्म बाढी कै कारण ९७७ जना सम्पर्कविहीन रहेको जानकारी दिनु भयो । बाढीबाट ७३ जना घाइते छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस