
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ भदौ ।
भोटेकोसी हुदै त्रिशुली नदीमा आएको बिनासकारी बाढीले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी जोड्ने मुख्य नाकामा रहेको मलुखुको पुल बगेपछी धादिङवेशी तवर्m आउने सडक अवरुद्ध भएको छ ।
बुधबारको बिनासकारी बाढीले मलेखुको मोटरेवल पुल बगेर पुर्ण रुपमा क्षति भएसंगै तत्कालै मलेखुको पक्की पुल निर्माण गर्न पनि सम्भावना नरहेपछी अब जिल्ला सदुरमुकाम लगायत धादिङदेखी चितवन,नारायणघाट, राजधानी लगायत अधिकाँश स्थानमा जानको लागी धादिङवेशी –सुनौलाबजार–फोस्रेटार–गल्छी सडकलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।
मलेखुस्थित मुख्य नाकामा रहेको पुल बगाएपछी धादिङबेशी मात्रै नभएर मध्य तथा उत्तरी धादिङको यातायात सेवामा पुर्ण रुपमा प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र सर्वसाधारणको आवतजावतमा समेत निकै कठिन हुने देखिएको छ।
वैकल्पिक मार्गको रुपमा तत्कालै सञ्चालन ल्याउनको लागी धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी सडकको स्तरोन्नति तथा मर्मत कार्य सुरु गरिएको हो । सडक सुधारका लागि जेसीभीलगायतका उपकरण परिचालन गरिएको छ।
उक्त सडकको स्तरोन्नति गर्न नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका र पूर्वाधार विकास कार्यालय धादिङको समन्वयमा सडक मर्मतको काम भइरहेको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रशाद ढुंगानाले जानकारी दिनु भयो।
मेयर ढुंगानाका अनुसार गल्छीदेखि फोस्रेटार,रामकुवासम्मको सडक गल्छी गाउँपालिका र रामकुवा–भोर्ले–सुनौलाबजार–धादिङबेसी सडकखण्डमा नीलकण्ठ नगरपालिका र पूर्वाधार विकास कार्यालयको संयुक्त खर्चमा मर्मत तथा सडक सुधारको काम सुरु गरिएको हो।
भोटेकोसीदेखी त्रिशुली नदीमा आएको भिषण बाढीले रसुवा,नुवाँकोट,धादिङ,गोरखा लगायका जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ।
धादिङ जिल्लाका मात्रै हालसम्म ७ वटा पक्की पुल, ११ वटा झोलुङ्गे पुल, ५ वटा विद्यालय र एक अस्पतालमा विशेषगरी ठुलो क्षति पुगेको तथा १५० भन्दा बढी घर प्रभावित भएका छन्। सोही बाढीपछि ११४ जना नागरिक सम्पर्कविहीनको अवस्थामा छन्।












प्रतिक्रिया दिनुहोस