
बिबियु,नारी वाटिका डटकम
धादिङ -१३ भदौ ।
रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोको थुप्रोबाट रोएको आवाज आएपछी एक ६ वर्षीया बालिकाको उद्धार भएको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले सुक्रबार साँझ सवा ६ बजेतिर माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई उद्धार गरेको हो।
रसुवा जिल्लाको टिमुरे क्षेत्रमा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि उक्त स्थानमा तत्काल माटोको थुप्रोभित्र खोजी गर्ने क्रममा एक ६ वर्षीया बालिकालाई भेटिएको थियो।
उद्धारमा खटिएका सुरक्षाका टोलिले माटोमुनि पुरिएको अवस्थामा ती बालिका फेला परेका हुन् । गत भदौ १० गते भएको बिनासकारी घटनाले बेपत्ता ति बालिकालाई उद्धारका क्रममा भेटिएकी उनी गम्भीर तथा अचेत अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसपछि उनलाई सीमा सुरक्षा चौकी टिमुरेमा ल्याइएको छ। चौकीमा ल्याएपछि ती बालिकालाई न्यानो बनाएर राखिएको छ।
उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास भइरहेको सशस्त्र प्रहरी स्रोतले बतायो। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन कठिनाइ भइरहेको बताइएको छ।












प्रतिक्रिया दिनुहोस