
बिबियु,नारी वाटिका डटकम
धादिङ -१४ भदौ ।
भदौ १०मा चिनबाट भोटेकोशी नदी हुंदै आएको बिनाशकारी बाढीले बगाएर हालसम्म ७ सयको मृत्यु भएको छ । सोही बाढीका कारण पछिल्लो जानकारी अनुसान अझै २३ भन्दा बढी मानिसहरु बेपत्ता रहेका छन् ।
रसुवाको विनाशकारी बाढीपछि चिन तर्फ भन्दापनि नेपालका विशेषगरी सात जिल्लामा ठूलो परिणाममा भौतिक तथा मानवीय भएको हो। बाढीमा परी धेरै मानिस बेपत्ता भएका छन् भने कतिपयको मृत्यु भएको छ । बाढीका कारण धेरै परिवार घरबारविहीन छन् । हालसम्म पनि बाढीको नाका मुख्य रसुवा,नुवाँकोट र धादिङ जिल्लामा के कति भौतिक तथा मानवीय क्षति भयो भन्नेमा यकिन भैइसकेको छैन ।
बाढीपछि बेपत्ता भएका र मृत्यको संख्यामा पनि सामाजिक संन्जाल बाट थरी थरीका जानकारीहरु आउने गरेका छन् भने सरकारी विवरण तथा समचारमाध्यहरुबाट समेत फरक फरक संख्यामा विवरण आईरहेका छन् ।
यसरी हालसम्म मृतक र बेपत्ता भएकाहरुको यकिन विवरण आउन नसक्नुमा सम्वन्धित निकायको कमजोरी भन्दा पनि बाढीपछी चारपट्टी छरिएका मृतकको शव खोजतलासको कार्यमै सबै समेन्त्र जुटेको अवस्था छ ।
बाढीमा परी हराएका आफन्तको खोजीमा बाँचेका उनका परिवारका सदस्यहरु काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पुगेका छन् भने कोही शव लिएर आउने अन्तिम गन्तव्य त्रिभुवन विमानस्थलमा कुरेर बसेका छन् ।
बेपत्ता भएकाका आफन्तले सम्पर्कविहीनमध्ये कसैका श्रीमान्,श्रीमती,आमा बुबाहरु,साना बालबच्चाहरु,कसैका दाजु, अंकल, साथी र सानोबुवा पनि रहेको सुनाउँछन् । कतिपय व्यक्तिीहरू चिनको मानसरोवर ट्रेकिङका लागि ‘लाइफ होलिडे’मार्फत ५४ जनाको समूहमा रसुवा पुगेको बताएका छन् ।
विशेषगरी बेपत्ता भएकाका परिवारको अवस्था संवेदनशील रहेको भन्दै तत्काल खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन आग्रह गरिरहेका छन् ।
सम्पर्कविहीन व्यक्तिहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूबारे कुनै जानकारी पाएको भए परिवारलाई खबर गर्न आग्रह गरिरहेको अवस्था छ ।












प्रतिक्रिया दिनुहोस