
बिबियु,नारी वाटिका डटकम
धादिङ -१९ भदौ ।
भरे रातको १२ बजे भगवान श्रीकृष्णको जन्म हुने भएकोले वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना, व्रत तथा भजनकीर्तन गर्दै श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनादैईँ छ ।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ । आज कृष्ण जन्माष्टमीको दिन देशभरमा भगवान श्रीकृष्णको विशेष पूजाआराधना, प्रवचन, भजनकीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरी मनाइँने गरिएको हो ।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय, अत्याचार र दानवी प्रवृत्तिविरुद्ध संघर्ष गर्दै सत्य र सत्कर्मको पक्षमा मानव जातीलाई प्रेरणा दिएको विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ । सोही कारणले पनि जन्माष्टमीलाई सत्य, धर्म र न्यायको पक्षमा उभिन प्रेरणा दिने पर्वका रूपमा लिएको छ ।
आज भक्तजनहरुले विहानै नदी,तलाउमा स्नान गरी शुद्ध भएर व्रत बस्ने, भगवान् श्रीकृष्णको पूजा गर्ने र आज बेलुकी रातभर नै भजनकृतन गरेर जाग्राम बस्ने परम्परा छ । विशेषगरी भरे मध्यरातमा श्रीकृष्ण भगवानले माता देवकीका गर्भदेखी जन्म लिनु हुने धार्मिक विस्वास रही आएकोले उहाँको गर्भवास र माता देवकीलाई प्रशव पिडा सहज होस भनेर विशेष पूजा तथा आराधना गरिन्छ ।
कुरुक्षेत्रको युद्धमा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशका रूपमा रहेको ‘श्रीमद्भगवद्गीता’ हिन्दू धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रुपमा लिइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगको मार्ग प्रस्तुत गर्ने गीतालाई ‘गीता’ नामले चिनिन्छ ।
पौराणिक ग्रन्थमा श्रीकृष्णले बाल्यकालदेखि नै विभिन्न लीला देखाएको र पुतना, कंश, जरासन्ध तथा शिशुपालजस्ता दानवी राक्षसी प्रवृत्तिको सर्वनाश तथा अन्त्य गरी मानव जातीलाई सान्ति दिएको उल्लेख गरिएको छ ।
जन्माष्टमीकै अवसरमा काठमाडौँलगायत देशका विभिन्न जिल्ला तथा स्थानमा धार्मिक सङ्घसंस्थाले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा समेत निकाल्ने गरेका छन् ।
तर यस वर्ष रसुवाको भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको नेपाली ईतिहास कै ठुलो र बिनाशकारी पहिलो बाढीका कारण विशेषगरी देशका रसुवा,नुवाकोट,धादिङ,गोरखा लगायतका सात जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको मात्रै छैन ‘ दशौं हजार मानिसलाई घरवार बिहिन बनाएको छ भने हजारौंको मुत्यु भएको अवस्था छ । सोही कारण प्रभावित जिल्लामा चाडपर्व आएको कुनै रौनक र जनमासमा आभास भएको छैन ।
देश तथा विदेशी सहयोग समेतमा सम्पुर्ण जनशक्तिहरु उद्धार र बाढीमा बेपत्ता भएकाहरुको खोजी कार्यमा जुटेको अवस्था छ ।












प्रतिक्रिया दिनुहोस