आज: २०८३ आश्विन २, शुक्रबार | Fri, 18, Sep, 2026

रसुवा बाढीमा १४ सय दशजनाको मृत्यु,अझै ६ हजारभन्दा बढी वेपत्ता

२०८३ आश्विन २, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -२ असोज ।

गत भदौ १० मा आएको भोटेकोशी बाढीका कारण हालसम्म मृत्य हुनेको संख्या १४ सय दश जना पुगिसकेको छ ।

सोही बिनाशकारी बाढीबाट ६ हजार १४५ जना वेपत्ता भएका छन्। खोजी गर्ने क्रममा मृतक तथा वेपत्ता हुनेको संख्या दिनानु दिन बढ्दै गएको अवस्था छ ।

घटना घटेको केही दिनपछी देखी नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी वल नेपाल,गोता खोरका तालिम प्राप्त प्राविधिकहरु,स्वदेशी तथा विदेशी प्राविधिकहरुको संयुक्त टोलीहरुले तिब्र गतिमा वेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस