आज: २०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

माथिल्लो त्रिशूली १ को एउटै सुरुङमा १८ शव भेटियो

२०८३ आश्विन ३, शनिबार मा प्रकाशित ( ३0 मिनेट अघि) ५२८ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
नुवाकोट – ३ असोज ।
भदौ १० को भोटेकोशी बाढीमा परी हजारौंले ज्यान गुमाइसकेका छन् भने पछिल्लो विवरण अनुसार बाढीबाट मुत्यु हुनेको संख्या सुक्रबार यस बाहेक नै १४ सय १० जना पुगीसकेको छ ।

बेपत्ताको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली १ को सुरुङ क्षेत्रमा शुक्रवार साँझ फेरि थप ५ वटा शव भेटिएसँगै एउटै सुरुङमा मात्रै १८ जनाको शव भेटिएको हो ।

नेपाली सेनालगायतका उद्धार टोलीले खोजी तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली १ को सुरुङ क्षेत्रबाट मात्रै हिजो साँझसम्म १८ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

सोही आयोजनाका प्रतिनिधि सहितका संयुक्त उद्धार टोलीद्वारा निरन्तर भैरहेको खोजीका क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएका ६ वटा शव फेला परेको रउक्त रड काटेर मृतकका शव निकालिएको थियो।

यससंगै सोही टनेलमा शव फेला पर्ने क्रम जारी रहेको र भेटिएका शवहरु अझै निकाल्न भने बाँकी रहेको उद्धारमा खटिएका नेपाली सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली १ आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरपट्टी दल्दुङ खोलाको अडिट–३ मा करिब १०० मिटर सुरूङको भित्री क्षेत्रमा शव फेला परेको बताइएको छ।

रसुवामा भदौ १० मा बिनाशकारी बाढी आएको समयमा आयोजनाको सुरुङभित्र कति जना मजदुर काम गरी रहेका थिए अवथा सुरुङभित्र प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस