आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

आँबुखैरेनीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

२०८३ आश्विन २७, मंगलबार मा प्रकाशित ( २५ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


तनहुँ २७ असोज ।

तनहुँको आँबुखैरेनी गाउँपालिका(६ डुम्रीडाँडामा शोमबार साँझ बोलेरो जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ६ जना घाइते भएका छन्।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका ६ की ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शोमबार साँझ हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको हो ।

त्यसैगरी, दुर्घटनामा घाइते भएका ६ जनाकै आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑