आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

‘स्वास्थ्य श्री’तोरीको तेल गुणस्तरहिन पुष्टी, बजारबाट फिर्ता गर्न निर्देशन

२०८३ आश्विन २८, बुधबार मा प्रकाशित ( ४४ मिनेट अघि) १  पटक पढिएको
नारी बाटिका


‍नारी वाटिका डट्कम
काठमाडौं -२८ असोज ।

‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल गुणस्तरहिन पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

गुणस्तर, शुद्धता र स्वच्छताको दाबी गर्दै आएको स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल न्यून गुणस्तर रहेको पुष्टी भएपछी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा ‘स्वास्थ्य श्री’ तोरीको तेल गुणस्तरहिन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । घटनामा सम्बन्धित उत्पादक कम्पनी रिलायबल नेपाल एग्रो लिमिटेडलाई तोकिएको ब्याचको सम्पूर्ण तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

चितवनको खैरहनी-२ मा रहेको कम्पनीले उत्पादन गरेको ‘स्वास्थ्य श्री’ ब्रान्डको एक लिटर प्याकेटमा बिक्री हुने तोरीको तेलमा कैफियत भेटिएको हो । उक्त तेलको ब्याच नम्बर ‘आरपी ०५’ रहेको छ । यसको उत्पादन मिति सन् २०२६ सेप्टेम्बर १ र उपभोग्य अवधि उत्पादन मितिबाट नौ महिना तोकिएको उक्त तेललार्य बजारबाट फिर्ता गर्न भनिएको छ ।

निरीक्षण तथा परीक्षणमा तेल न्यूनस्तरको पाइएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको सूचनामा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑