आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

जाजरकोटमा जिप दुर्घटना स् दुईको मृत्यु, तीन जना घाइते

२०८३ आश्विन २९, बिहिबार मा प्रकाशित ( ४९ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
जाजरकोट-२९ असोज ।

जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा जिप चालक सोही गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइतेहरूको टाउको, घाँटी, छाती, हात र ढाडमा चोट लागेको छ भने उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार गएराति करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित हुंदा सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑