
बलिउडका चर्चित अभिनेता टाइगर श्राफमाथी गोली प्रहार हुंदा उनका चालक घाईते भएका छन् ।
आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा गोली प्रहार भएको हो। मुम्बई प्रहरीका अनुसार जुहुको पुष्पा पार्क नजिकै गोली हानिएको थियो।
मोटरसाइकलमा आएका तीन जनाको नकापधारी समूहले टाइगर श्राफ सवार बीएमडब्लु गाडीलाई लक्षित गरी तीन राउन्ड गोली चलाएका थिए। उक्त आक्रमणमा अभिनेता टाइगर श्राफ पूर्णरूपमा सुरक्षित रहेका छन् भने गोली उनका चालकलाई लागेको जनाइएको छ।
अभिनेता टाइगर श्राफमाथी चलाएको गोली उनका गाडी चालकको हातमा लागेको हो। आक्रमणका क्रममा नजिकै सडकमा गुडीरहेको एक अटो रिक्सा चालक पनि घाइते भएका छन्। प्रारम्भिक जानकारी अनुसार टाइगर श्राफ जुहुको एक मैदानमा फुटबल म्याच खेलेर आफ्नो गाडीमा घरतर्फ फर्किँदै थिए।












प्रतिक्रिया दिनुहोस