
जुम्ला -२ कार्तिक ।
जुम्लाको हिमा गाउँपालिका–ओदी भन्ने ठाउँमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइेतेमध्य एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार विस्फोटमा घाइतेमध्ये १४ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । अर्का घाइतेको अवस्था भने सामान्य छ।
उपचारका लागि गम्भीर घाइते बालकलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। प्रारम्भिक जानकारी अनुसार युद्धकालीन बम विस्फोट भएको आशंका गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस