
सुर्खेत-३ कार्तिक ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगामस्थित डाँडामोडमा फोर्स गाडी दुर्घटनामा परी नौ जना घाइते भएका छन्।
कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउमै पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्य घाईते छ जनाको अवस्था सामान्य छ।
दुर्घटनाको कारण तथा थप विवरण सार्वजनिक हुन बाँकी छ।












प्रतिक्रिया दिनुहोस