आज: २०८३ कार्तिक ७, शुक्रबार | Fri, 23, Oct, 2026

‘म निजी तिर्थ दर्शनमा जान लागेको हुँ,मेरो भारत यात्रामा राजनीतिक खिचडी नपाकोस्’,सभापति रवी

२०८३ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( २ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -६ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो निजी तथा भाकल बुझाउनका लागी तीर्थाटनमा आज भारत प्रस्थान गरेका छन् ।

पत्नी निकितासहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैंचीधाम, (नीम करौली बाबा)को दर्शन गर्न आफ्नो तिन दिने भारत यात्राका क्रममा यहाँ विभिन्न अनुमान लगाई राजनीतिक खिचडी नपकाउन राजनीतिक दल तथा संन्चारमाध्य,अझै विशेष गरी सामाजिक संन्जालमा भए -नभएको लेख्नेहरुलाई चेतावनी दिएका हुन् ।

सभापति लामिछाने तीनदिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैंचीधामका साथै गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजा आरधना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालयले जानकारी दिएको हो ।

श्रीमती निकिता पौडेल र प्रतिनिधिसभाका सदस्य बोहरा भ्रमण टोलीमा छन् । तिर्थयात्रा टोलीलाई गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएका थिए ।

सभापति लामिछानेले आफ्नो निजी तिर्थयात्राका क्रममा धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्नु हुंदै सभापति लामिछानेले आफू अत्यन्त व्यक्तिगत तथा पारिवारिक रुपमा तिर्थ जाने क्रममा भारत जान लागेको र आफ्ना निजी तिर्थ भ्रमणलाई यहाँ राजनीतिक खिचडीका रुपमा नलिन आग्रह गरेका हुन्।

‘पहिलेदेखि नै जाउँला भन्ने थियो। यो धार्मिक भ्रमण हो। कुनै राजनीतिक भेटघाट हैन,’ उनले भने, ‘कारागारमा हुँदा गरेको भाकल पूरा गर्न जाँदैछु ‘,। मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑