आज: २०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

बडादसैको चौथो दिन आजपनि मान्यजनका हातबाट टीका लगाउने क्रम जारी

२०८३ कार्तिक ८, शनिबार मा प्रकाशित ( १६ मिनेट अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ कात्तिक ।

विजयादशमीदेखि सुरु भएर बडादसैँको टीका जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म लगाइन्छ । बडादसैको चारौं दिन अर्थात त्रयोदशी(चतुर्दशीका दिन) आज पनि मान्यजनका हातबाट टीका लगाउने क्रम जारी छ ।

परमपरा अनुसार आज पनि मान्यजन तथा आफन्तहरुको हातबाट नवदुर्गाको प्रसाद स्वरूप रातो टीका, दही–चामलको मिश्रण र जौको जमरा लगाई आशीर्वाद लिने क्रम जारी छ ।

नेपालका केही भु भागमा दशमीको दिन एक दिन मात्रै टिका लगाउने चलन भएपनि नेपालका अधिकांश जिल्लाका बस्तीहरुमा विजयादशमीको दिनदेखि सुरु भएको बडादशै अन्तर्रगतं टीका र जमरालाई नवदुर्गा भवानीको प्रसादका रुपमा कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने प्रचलन छ।

विशेषगरी अघिपछी समय नमिलेका टाढाका मान्यजन तथा आफन्तहरुका बिचमा दशैंका मौकामा भेटघाट गरी शुभकामना आदान पर्दान गर्ने यो बडादशैंमा विशेष अवसर पनि जुरेको हुन्छ ।

त्यसमाथी पनि विजयादशमीका दिन आफ्नै घर परिवारमा टीका लगाउन आउने पाहुना तथा आफन्तजनहरुलाई आफुले पनि टिकाटाला गर्नुपर्ने भएकाले नभ्याईने र पहिला घरको टिका सकेर पाउनाहरुलाई स्वागत सत्कार गरी त्यसपछि टाढा (टाढा रहेका आफन्त तथा मान्यजन कहाँ पुगेर आशीर्वाद लिने गरिन्छ।

मान्यजनको हातबाट टीका र जमरा थापेर दक्षिणा तथा आशीर्वाद लिने यस पर्वले पारिवारिक तथा सामाजिक सद्भाव बढाउने भएकाले नेपाली संस्कृतिक संस्कार अनुसारका चाड पर्वले विशेष महत्व बोकेको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑