
धादिङ- उत्तरी धादिङको रुबिभ्याली गाउँपालीका वडा नम्बर १, तिप्लिङमा पहिरो खस्दा डोजरसहित ३ जना पुरिएका छन् । सडक खन्ने क्रममा माथीबाट खसेको पहिरोले डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ पुरिएका हुन् । अहिले पनि पहिरो खस्नेक्रम नरोकिएकोले उद्दार गर्न कठिनाइ भैरहेको छ ।
रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा पहिरो खसेको हो । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।












प्रतिक्रिया दिनुहोस