आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

धादिङमा नागरिक संस्था र सरोकारवलाहरु बीच अन्तरक्रिया कार्यक्रम

२०७९ अषाढ ८, बुधबार मा प्रकाशित ( ३ साल अघि) ४६३३ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङमा नागरिक संस्थाहरु र सरोकारवलाहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

आज धादिङबेशीमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा गैर सरकारी संस्था र यसको सान्दर्भिकता, स्थानीय सरकार संचालन एवम् साझेदारीको लागि गैससको भुमिका, गैर सरकारी संस्थाहरुको अवसर चुनौति, नागरिक संघ संस्थाको ईतिहास, वर्तमान अवस्था र आगामी कार्यभारको विषयमा सहभागिहरु सँग अन्तरक्रिया गरिएको गैसस महासंघ धादिङका अध्यक्ष सालिकराम दुवाडीले जानकारी दिनुभयो ।

उक्त विषय माथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गैसस महासंघका केन्द्रिय सदस्य गोकर्ण रुपाखेती, गैसस महासंघ धादिङका पूर्व अध्यक्ष केशव दुवाडी, गैसस महासंघका निवर्तमान अध्यक्ष यक्रराज छत्कुलीले सहजिकरण गर्नुभएको थियो ।

गैसस महासंघ धादिङको आयोजना, आईसिडिसी नेपाल धादिङ र गैसस महासंघका नेपाल परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको दुवाडीले बताउनुभयो । गैसस महासंघ धादिङका अध्यक्ष सालिकराम दुवाडीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा धादिङका गैसस महासंघका विभिन्न संघ संस्थाहरुको ३० जनाको सहभागिता रहेको थियो ।

तस्बिर : भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस