आज: २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026

५६ सय ३६ उम्मेदवार चुनावी मैदानमा, आजदेखि प्रचारप्रसारमा जुट्ने

२०७९ आश्विन २७, बिहिबार मा प्रकाशित ( ३ साल अघि) ४६७५ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – ३ सय७६ जनाले उम्मेदवारी फिर्ता लिएसँगै प्रतिनिधिसभामा २ हजार ५ सय ३१ जना र प्रदेशसभामा ३ हजार २ सय २४ उम्मेदवार कायम भएका छन् ।

प्रतिनिधीसभामा २ हजार १ सय ८७ पुरुष र २ सय २५ महिला उम्मेदवार छन् भने प्रदेशमा २ हजार ९ सय ४३ पुरुष २ सय ८० जना महिला तथा तेस्रो लिङ्गी १ जना छन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्नसमेत प्रदान गरेकाले आजदेखि उम्मेदवारले मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाउनेछन् ।

तर स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आफू वहाल रहेको स्थानीय तहमा केही जनप्रतिनिधी उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको उजुरी आएको र आयोगको अनुगमनमा समेत देखिएकाले ऐन बमोजिम निजलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस