
काठमाण्डौ – नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्नेभएको छ ।
पार्टीको केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा आज दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । उहाँका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ ।
घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ । एमालेले ‘समृद्ध नेपाल ः सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ ।
एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । समितिले दिएको सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालेले जनाएको छ।












प्रतिक्रिया दिनुहोस