
नारी बाटिका
काठमाण्डौं – नेकपा एमालेले ५० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आज एमालेले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा वर्षायाममा मासिक ५० यनिट र हिउँदयाममा मासिक ३० यनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख गरिएको छ ।
एमालेले ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने दुई वर्षमा विद्युतमा पहुँच पुग्ने जनसंख्या शत प्रतिशत पु¥याइने बताईएको छ । घोषणापत्रमा ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पु¥याइने उल्लेख छ ।
आगामी तीन वर्षमा सतह तथा भमिू गत सिंचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने भन्दै एमालले सिंचाइलाई वर्षायामको बिजली महसुलमा ५० प्रतिशत र हिउँदयाममा २५ प्रतिशत छुटको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
त्यसैगरी एमालले आगामी दुई वर्षभित्रै सबै परिवारमा पिउनेपानीको आधारभूत सुविधा पु¥याउने र सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरेको छ ।








प्रतिक्रिया दिनुहोस