
नारी बाटिका
धादिङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै लोकतान्त्रिक–वाम गठबन्धनका दलहरूले चुनावी प्रचारप्रसार कार्यक्रमलाई तीब्र पारेको छ ।
गंगाजमुना गाउँपालिका वडा नं.४ मा लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै नेपाली काँग्रेस धादिङका नेता रमेश धमलाले स्थानीय कला र संस्कृति झल्कने एक पालिका एक स्थानीय सङ्ग्रालय निर्माण गर्ने बताउनुभएको छ ।
त्यसैगरि नेता धमलाले सबै पालिकालाई कालोपत्रे सहित सडक संजाल जोड्ने, स्वतन्त्र उम्मेदवारले फैलाएको नराम्रो कुरालाई नजरअन्दाज गर्दै गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
गठबन्धनले मंगलबार गंगाजमुना वडा नम्बर ३ को गुम्दी र वडा नम्बर ५ फुलखर्कमा मतदाता भेटघाट कार्यक्रम गरेको थियो । धादिङमा गठबन्धनले निरन्तर चुनावी कार्यक्रम गर्दै आइरहेका छन् ।








प्रतिक्रिया दिनुहोस