आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

१५ हजार थान नक्कली मतपत्रसहित एक जना पक्राउ

२०७९ कार्तिक ३०, बुधबार मा प्रकाशित ( ३ साल अघि) ६२२८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – प्रहरीले पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका–२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्। भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए।

उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। ‘के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको छ,’ डिएसपी गिरीले भन्नुभयोे, ‘निर्णय भइसकेको छैन।’

पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्। यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस