
नारी बाटिका

काठमाण्डौ, माघ ४
सर्वदलीय बैठकको लागी आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा आह्वान गर्नुभएको छ । दिउँसो चार बजे प्रधानमंन्त्री कार्यलयमा सर्वदलीय बैठक बस्न लागेको हो ।
मन्त्रिपरिषद् विस्तार पछि सर्वदलीय बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ मन्त्रीपरिषद् विस्तार भएसंगै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएका दलहरूसँग अब नयाँ बन्ने राष्ट्रपती र सभामुखको निर्वाचनको बारेमा छलफल गर्न सर्वदलिय बैठक बस्न लाग्नु भएको हो ।
बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचनका बारेमा पनि कुराकानी हुने नेताहरूको धारणा रहेको छ । एमाले अध्यक्ष केपी शर्मा वली भने सातदलिय गठवन्धन भन्दा बाहिर गएर राष्ट्रपति,उपराष्ट्रपति पदको निर्वाचन गर्ने पक्षमा हुनुहुन्न तर यता नेपाली काँग्रेसले भने माओवादी केन्द्रले राष्ट्रपति र सभामुखको निर्वाचनमा काँग्रेसलाई सघाउने नेता चन्द्र भण्डारीले बताई रहेका छन् ।
उहाँका अनुसार आजको सर्वदलीय बैठकमा यस बारेमा पनि कुराकानी हुने छ ।








प्रतिक्रिया दिनुहोस