
नारी बाटिका

काठमाण्डौ ,१६ माघ
निकै समयदेखी नागरित्ता सम्वन्धी विवादमा परेका रवी लामिछानेले आईतवार पुन ः नेपाली नागरित्ता लिएका छन् । लामिछानेले पुन ः नेपाली नागरित्ता लिएपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) .को केन्द्रीय समितिको बैठकले लामिछानेलाई नै पुनः सभापतिमा नियुक्त गरेको हो । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नु भएको बताउनु भएको छ ।
आईतवार बसेको बैठकको निर्णय बारे जानकारी दिँदै लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा हामूो पार्टीको दाबी यथावत् रहेको उहाँले बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनु भएको छ । उहाँको नागरित्ता सम्वन्धी विवादले हाम्रो पार्टीमा केही समस्या देखिएको भएता पनि अब पार्टी भित्र कुनै समस्या छैन। सहकार्य दलभित्रको समस्या हैन ।
यो हाम्रो पार्टी भित्रको विषय हो त्यो समाधान भईसकेको ले हाम्रो पार्टीले पाएको जिम्मेवारीको गृह मन्त्रालयका बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई नै छ । “गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ”, उहाँले भन्नुभयो ।
लामिछानेको पार्टीको सभापतित्वमा बसेको दोस्रो बैठकले प्रदेश अन्तर्गतको सङ्गठन विस्तारको कार्य तालिका पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थगित गरिएको प्रदेश समितिको विस्तार बैठक तथा सङ्गठन विस्तारका काम पनि माघ २१ गतेदेखि सञ्चालन गरिने उहाँले बताउनुभयो ।
आईतवार नै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट कानून बमोजिमको पुनः नागरिकता प्रमाण पत्र प्राप्त गर्नु भएको थियो । उहाँले यस अघिको नागरिकताका आधारमा बनाएको राहदानी समेत, राहदानी विभागमा बुुझाउनु भएको छ ।








प्रतिक्रिया दिनुहोस