
नुवाकोट बस दुर्घटनामा परी ३ जनाको मृत्यु‚ र २३ घाइते ।
फागुन ०४
नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका(१ दाङसिङ तर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुर भन्ने स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी गराउनु भएको छ ।
उक्त बस दुर्घटनामा परी २३ जना घाइते भएका छन् । घाइते भएकाहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको सुचना अधिकारी खगेन्द्र खड्काले वताउनु भयो ।
मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट २० फिट तल खसेको थियो ।












प्रतिक्रिया दिनुहोस