
नारी बाटिका
फागुन २३ गतेदेखी धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै ।
धादिङ,१२ फागुन
फागुन २३ गतेदेखी धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीको लागी बिहिबार जिल्ला खेलकुद बिकास समितीमा बसेको बैठकले फागुन २३ गतेदेखी प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता सन्चालन गर्ने विषयमा छलफल तथा निर्णय भएको हो । बैठकले धादिङको गजुरी गाउँपालिका ५ स्थित गलौँदी खेल मैदानमा प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
यही फागुन २३ गतेदेखि २५ सम्म रनिङ शिल्ड प्रतियोगिता संचालन गर्नको लागि सरोकारवाला निकायसँग बिहिबार बैठक बसेर र निर्याय गरेको जिल्ला खेलकुद विकास समितिद्धारा जानकारी गराईएको हो ।








प्रतिक्रिया दिनुहोस