आज:  | Tue, 30, Apr, 2024

आज संसदबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

६ चैत्र २०७९, सोमबार ०८:५७ मा प्रकाशित ( १ साल अघि) २६५ पाठक संख्या
नारी बाटिका


काठमाण्डौँ,६ चैत

आज संसदबाट प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनु हुन्छ । पुस १० गते देशको दोस्रो ठुलो दल नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले नेकपा एमालेका केपी शर्मा वलीबिच सम्वन्ध चिसिदै गएपछी दाहाललाई प्रधानमन्त्री रही रहनको लागी पुन ः प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्ने अबस्था सिर्जना भएको हो ।

प्रतिनिधी सभाको मुलुकको पहिलो बनेको नेपाली काँगे्रस संघ सम्वन्ध विस्तार बढ्दै गएपछी काँग्रेसकै सहयोगमा विश्वासको मत लिन लाग्नु भएको हो । यस कार्यको लागी प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीमा कायम रही रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास मत आजाश्यक पर्दछ प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एक र एक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना रहेको छ ।

यस अघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदको वहुमतले विश्वासको मत दिएका थिए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस